हेल्प डेस्कका कार्य प्रगति विवरण

२०२२/०६/०५ तारिक नागोया स्थित दोस्रो पूर्ण बैठकबाट पारित राज पुरीको संयोजकमा जनप्रगतिशिल हेल्प डेस्क बिभाग भए प्रश्चात निम्नलिखित सहयोगी कार्यहरु गरिएका छन् !
१, नयाँ बिद्यार्थीहरुलाइ (करिब ७०० जना )आरुबाइतो स्योखाई सहयोग !
जापानमा आपतकालीन अबधि खुले संगै , नेपाली नया विद्यार्थीहरुको चाप बढी कामको समस्या भएका बिध्यार्थिलाई क्षेत्रिय समिति संग
सहकार्य गरि प्रतिनिधि गठन गरि करिब ७०० जना भन्दा बढी बिध्यर्थिहरुलाई काम खोज्न सहयोग गरियो !
२, ueno स्टेसन स्थित समस्या परेर अलपत्र (गुल्मीको पन्थ थरको ) नेपालीलाई उद्दार गरि रोजगारको सहयोग !
गुम्ली घर भइ रोजगारको सिलसिलामा जापान बस्दै आएका पन्थ थरका नेपाली अलपत्र भइ ३/४ दिन एकि मै बस्दै आएका सामाजिक
संजालबाट खबर पाई उद्दार गरि फुकुओका स्थित रोजगारी समेत व्यवस्था गरियो !
३, बिध्यार्थीहरुको मार्गदर्शनको लागि 先輩のアドバイスや相談 online कार्यक्रम !


जापानमा नया बिद्यार्थी साथीहरुको जापान आइसकेपछि के गर्ने के पढ्ने जस्ता अन्योल हुने गर्दछन तेही अन्योललाइ हाम्रो तर्फबाट केहि
सहयोग गर्न सकिन्छ कि भन्ने मनसायले विभिन्न ५ क्षेत्रको अग्रजहरुको सल्लाह सुझाब सहितको कार्यक्रम गरियो !
४,रोजगार सहयोग सेमिनार (就職サポートセミナー) !


जापानमा बिध्यार्थीहरुको लागि एकदमै कठिन र गाह्रो परिस्थिति हो रोजगार खोज्ने काम यसको लागि जापानिजहरुको लागि पनि धेरै गार्हो
काम हो हामी विदेशीहरुको लागि त अत्ति नै गाह्रो अवस्थामा केहि सहज होस् भन्ने मनसायले 就職サポートセミナー गरियो !
टोकियो स्थित गरिएको सेमिनारमा १२ वटा कम्पनि उपस्थिति थिए भने १०० जना भन्दा माथिका नेपाली बिधार्थी सहभागी भइ प्रतक्ष्य लाभ
लिएका थिए !
५ , अन्य बिभिन्न समस्यामा सल्लाह सुझाब , सहयोग निरन्तर !
माथिका कार्यक्रमहरु संगै जापानबासीहरुमा समस्या परेर आउदा , बिभिन्न सल्लाह सुझाब र समस्याको समाधान गर्दै आएका छौ !

 

Facebook Comments