हाम्रो बारेमा

नेपाली जनता र नेपालको राजनीतिक आन्दोलनले एकातिर सामन्ती निरंकुशतन्त्र र त्यसद्वारा जन्माइएका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विसंगतिविरुद्ध हामीले लड्नु थियो र त्यसको ठाउँमा लोकतन्त्र, जनतन्त्र, जनवाद स्थापित गर्न ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान जारी भई परिवर्तनका महान उपलब्धिहरू संस्थागत भएका छन । मुलुकमा यो ऐतिहासिक परिवर्तन ल्याउने शान्तिपूर्ण तथा माओवादी जनयुद्ध तथा एवं मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायले चलाएका संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गर्दछौं, घाइते योद्धाहरूलाई अभिवादन गर्दै यी सम्पूर्ण संघर्षहरूमा भाग लिने जनसमुदायलाई कृतज्ञता भावसहित अभिनन्दन गर्दछौं । हामी महान सहिदहरू, आन्दोलनका अग्रजहरू, आन्दोलन र संघर्षका योद्धाहरू एवं आमजनसमुदायको सपना, अपेक्षा र आकांक्षा पूरा गर्ने कार्यमा नेपाली जनप्रगतीशील मञ्च जापान दृढसंकल्प गर्दछ ।

सम्पूर्ण नेपाली सर्वहारा श्रमजीवी वर्ग मजदुर, किसान र सम्पूर्ण उत्पीडित जाति, भाषा एवम् सांस्कृतिक जनसमुदाय समेत आम जनताको हितलाई प्रतिनिधित्व गर्ने प्रवासी नेपालीहरुलाई न्याय समानता, स्वतन्त्रता, संघीय लोकतन्त्र, राष्ट्रियता तथा प्रवासी नेपालीहरुको हकहित, अधिकार र नेपाली समाजको अग्रगामी परिवर्तनका निम्ति सचेत, संगठित र क्रियाशील बनाउन, सबै प्रकारका उत्पीडित वर्ग र समुदायहरूद्वारा सञ्चालित आन्दोलनहरुको परिणामस्वरुप प्राप्त उपलब्धिहरुको रक्षा गर्दै उत्पीडित वर्ग र जनसमुदायका अधिकारहरूको प्राप्तिका लागि सगठन निरन्तर संघर्षरत रहनको लागि मञ्च गठन गरि, सामुहिक निर्णय व्यक्तिगत उत्तरदायित्व तथा सामुहिकताको केन्द्रीकृत अभिव्यक्तिको प्रणालीलाई अबलम्वन गर्दै मञ्च प्रवासी नेपाली नागरिकहरुको बीचमा सम्पर्क, सम्बन्ध गर्न, देशभक्ति एवम् एकताको भावना जागृत गराइराख्न, प्रवासी नेपालीहरुको हकहितको रक्षा गर्न र समस्याहरु समाधानका लागि सहजिकरण गर्न मूल रुपमा प्रवासी नेपालीहरुप्रति समर्पित रहने र प्रवासी नेपाली श्रमजीविहरुको नेतृत्वमा रहेको सामाजिक साझा मञ्चको रुपमा स्थापित गराउन प्रयत्नरत रहने छौ ।

नेपाल र जापानको संविधानले आत्मसात गरेको आधारभूत मान्यतालाई पालना गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षा र राष्ट्रको समृद्धि हाम्रो आधारभूत प्रतिवद्धता अनुरुप नेपालको संविधानले निर्देशन गरेअनुरूप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास कायम गर्न आवश्यक मदतका लागि हाम्रा हरेक कार्यहरु त्यसतर्फ लक्षित गरिनेछ ।

राष्ट्रिय महत्वका र ऐतिहासिक दूरगामी महत्वका विषयमा सहमति र समझदारीबाट अघि जाने राष्ट्रलाई निकास दिने र गति दिने नयाँ संस्कृतिका रूपमा नै विकास भएर आएको कुरालाई आत्मसात गर्दै शान्ति, समृद्धि र समानता हाम्रो आधारभूत प्रतिबद्धता भन्ने पार्टीको परिकल्पनालाई साकार रुप दिनका लागि प्रवासमा रहदा सिकेको सिप,ज्ञान र लगानीलाई स्वदेशमा लगाउन आवश्यक मदत गर्ने मञ्चको कार्यनीति रहने छ ।

हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने यसमार्फत जनतालाई विकास, सुशासन र समृद्धिको नयाँ युगतर्फ नेपाललाई लैजाने कुरामा योगदान पुर्याउने गरी प्रवासमा रहदा पनि हिजोको आस्था विचार र विश्वासलाई डगमगाउन नदिन हाम्रो विचार र सिद्धान्त निकटहरुलाई मञ्चको छातामा गोलबन्ध गर्दै जाने र निकटतमहरुसँग कार्यगत एकता सम्बन्ध सहकार्य लगिने खालका कार्यक्रमहरुको तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।

नेपाली जनप्रगतिशील मञ्च,जापानले प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकतावद्ध गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविका लगायतका सवालहरूमा विभिन्न वर्ग र समुदायद्वारा संचालित न्यायपूर्ण आन्दोलनहरुमा समर्थन तथा ऐक्यवद्धता जनाउने र त्यसलाई सहयोग पुग्ने किसिमका कार्यक्रमहरु गर्दै जापानमा रहेका प्रवासी नेपालीहरूको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा मानवीय विकाससँग सम्बन्धित विविध कार्यहरु योजना बनाएर गर्दै जाने छ ।

विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले चलाएको न्यायोचित आन्दोलनहरुप्रति ऐक्यवद्धता जाहेर गरेर स्वाधीन, आत्मनिर्भर, राष्ट्रिय चरित्रअनुरुपको अर्थतन्त्रको पक्षमा मञ्चलाई उभ्याउदै नेपाल र नेपालीको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संघीय गणतन्त्र मान अधिकारको विरुद्धमा हुने सवै प्रकारका क्रियाकलापको विरोध गर्ने तथा राष्ट्रियताको प्रवर्धनका लागि आवश्यक हरेक कार्य गर्न नेतृत्वदायी अग्रसरता लिने छ ।

समावेशी तथा संघीय गणतन्त्र सहित समतामूलक समाजको निर्माण गरी शान्त तथा समुन्नत नेपालको निर्माण गर्न वैचारिक, आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने, नेपाली मौलिक कला, संस्कृति, पर्यटन तथा साहित्य आदिको जगेर्ना गर्ने र यसको माध्यमबाट नेपाल, जापान लगायत विश्वका बिभिन्न मुलुकमा छरिएर रहेका नागरिकहरुबिच सुमधुर सम्बन्ध राख्नका लागि आवश्यक पहलकदमी लिदै वैदेशिक रोजगारीका नाममा हुने अनियमितता, ठगी तथा दलालीका विरुद्ध जनचेतना जगाइ दोषीमाथी कारवाही गर्न कानुनी रुपमा पहलकदमी लिन मञ्चले भूमिका निर्वाह गर्ने छ ।

वैदेशिक रोजगारीका क्रममा विविध कारणले असक्त तथा असहाय प्रवासी नेपालीहरुलाई आर्थिक, भौतिक तथा आवश्यक सहयोग गर्ने र नेपालमा हुने प्राकृतिक प्रकोप र विपत्ति लगायत विविध कारणले पीडित या विस्थापित भएका नेपालीहरुको उद्धार तथा सम्पुर्ण रुपमा सहयोग गर्नुका साथै सबै खाले आन्दोलनमा शहादत प्राप्त गर्ने शहिद परिवार, वेपत्ता परिवार एवं घाइतेहरुको शैक्षिक, भौतिक तथा मानवीय हितका निम्ति सक्दो सहयोग पुर्याउने मञ्चको ध्येय रहेको छ ।

Facebook Comments