डिसेम्बर, ११ -टाेकीयाे । नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान केन्द्रिय कमिटीकाे दास्राे महाधिवेशन आउदाे महिनाकाे जनवरी २८ तारिकका दिन जापानको राजधानी टोकियोमा हुने भएकाे छ । आईतबार बसेकाे केन्द्रिय कमिटीकाे बैठकबाट अधिवेशनकाे मिति तय गरिएकाे हाे ।मञ्चकाे अधिवेशन भब्य र सभ्य बनाउनका लागि विभिन्न बिभाग गठन गरि जिम्मेवारी समेत दिईएकाे छ । नेपालबाट प्रबास कमिटीमा रहनु भएका नेताहरुलाई अतिथिको लागि निमन्त्रणा सँगै महाधिवेशन सम्पन्न गर्नका लागि मञ्चले आफ्नाे सबै क्षेत्रमा रहेका क्षेत्रीय कमिटीका पदाधिकारी कमरेडहरूलाई जुझारूक रूपमा लाग्न समेत निर्देशन सँगै अपिल गरेकाे छ ।

Facebook Comments