नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा हेम्जा, पोखरामा निःशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढी लाभान्वित

पोखरा – नेपाली जनप्रगतिशील मञ्च जापानले कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिक प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धित विभिन्न रोगहरूको परीक्षण गरिएको थियो । सोही अवसरमा विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ । शिविरबाट विशेषगरी पोखरा-२५, हेम्जाका साथै छिमेकी गाउँपालिकाका गरि ३ सयभन्दा बढी नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको मञ्चले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नम्बर २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले रोग लुकाउन नहुने बताए । ‘समय समयमा स्वास्थ्य परीक्षण नगर्दा जटिल दिर्घरोग लाग्न सक्छ,’ उनले भने, ‘शिविरले नियमित परीक्षण गराउनुपर्छ भन्ने जनचेतना फैलाएको छ । कार्यक्रम निकै महत्त्वपूर्ण र लाभदायी छ ।’

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा सदस्य कृष्णबहादुर कुँवर, समाजसेवी एवं तत्कालीन हेम्जा गाविसका पूर्व अध्यक्ष रामचन्द त्रिपाठी, गौरीशंकर मावि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर माविका प्रअ अम्बरबहादुर कुँवर, नेपाली कांग्रेस वडा नम्बर २५ हेम्जाका सभापति मधुसुदन त्रिपाठी, नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, नेकपा माओवादी केन्द्र हेम्जाका अध्यक्ष माधव अधिकारी, गौरीशंकर आमा समूह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवा क्लब, महिला सञ्जाल, आमा समूह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।स्वास्थ्य क्षेत्र तर्फबाट स्वास्थ्य महाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डाक्टर प्रतिभा बत्स्याल, डा. रमेश रोका, डा. कृष्ण थापा, डा. सुजन बराल, डा. शर्मिला अधिकारी साथै ल्याब टेक्निसियन नाफिसा खातुन, सरिता सिञ्जाल, सिअनमि देवी अर्मजा थापा लगायतको उपस्थिति रहेको थियो ।

गोरीशंकर मावि हेम्जामा गौरीशंकर आमा समूहको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेलले र स्वागत गौरीशंकर आमा समूहकी अध्यक्ष उमा भुर्तेल पौडेल र सञ्चालन आमा समूह उपाध्यक्ष लक्ष्मी आचार्य पौडेलले गरेकी थिइन् ।समुद्रपारि डट कमको सहयोगमा

जनप्रगतिशील मञ्च जापान च्युबु-मिए को क्षेत्रीय अधिबेशन सम्पन्न , अध्यक्षमा रंजित गौतम

प्रवाशी नेपालीहरुको लोकप्रीय संगठन नेपाली जनप्रगतिशील मञ्चजापानले क्षेत्रीय समितिको अधिबेशनहरु सम्पन्न गर्ने क्रममा गत आइतवार नागोयाको च्युबू-मिए क्षेत्रीय समितिको ५ औ अधिबेशन सम्पन्न गरेको छ । प्रवास समन्वय समिति सदस्य डा. भुपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा बिशेष अतिथिहरु एन आर एन आई सीसी उपाध्यक्ष रोबिन्द श्रेष्ठ गोबिन्द , जनप्रगतिशील मञ्च जापानका कार्यबाहक अध्यक्ष मोहन पौडेल , इन्चार्ज रामहरी पुडासैनी, मञ्चका सल्लाहकार शालिकराम भण्डारी , उपाध्यक्ष श्यामहरी पाण्डे लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो । बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै प्रवासी एकता मञ्च नागोयाका अध्यक्ष नरेश राई , आदिवासी जनजाति महासंघ की प्रमिला राई ले मञ्चको अधिबेशन सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो। मञ्चको केन्द्रीय लेखा, अनुगमन तथा अनुशासन आयोगका सदस्य सन्देश पोखरेल संयोजक र क्षेत्रीय सल्लाहकार द्वय काशीराम आचार्य , गंगाघर्ती मगर सदस्य रहेको निर्वाचन मण्डल ले २ सदस्य पछि मनोनीत गर्ने गरी रन्जित गौतम को अध्यक्षतामा २७ सदस्य नया कार्यसमिति निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो। अधिबेशन आयोजक समितिका संयोजक हरिदोङ तामङको सभापतित्वमा सम्पन्न अधिबेशनको संचालन रन्जित गौतम ले गरेका थिए ।

क्षेत्रीय समितिको नवनिर्वाचित कार्यसमिति नामावली यसप्रकार रहेको छ – अध्यक्ष- रन्जित गौतम उपाध्यक्ष- दिनेश लामा उपाध्यक्ष- दावा शेर्पा उपाध्यक्ष- किरण तिवारी उपाध्यक्ष- मनोज अधिकारी उपाध्यक्ष- बैकुण्ठ गौतम सचिव- अनिल अधिकारी सह-सचिव- नवराज लामिछाने सह-सचिव- रन्जीत राना सह-सचिव- चेली थापा कोषाध्यक्ष- दीनानाथ गौतम सह-कोषाध्यक्ष- बोम गुरुङ सह-कोषाध्यक्ष- हिरामणी राई सदस्य- पाशाङ फूटी लामा सदस्य- प्रकाश लामा सदस्य- रुम्बा कपेन्द्र सदस्य- मालती तामाङ सदस्य- रबीना न्यौपाने सदस्य-राजन भट्टराइ सदस्य- सुनीता खनाल सदस्य- पुष्पा पूरी सदस्य- सुष्मा विश्वकर्मा सदस्य- राजेश भारती ।

नेपाली जनप्रगतिशिल मञ्च जापान,च्युबु, मिए क्षेत्रिय समिति (नागोया) को नवनिर्वाचित कार्यसमिती लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ – नेपाली जनप्रगतिशील मञ्च जापान परिवार
अध्यक्ष- रन्जित गौतम
उपाध्यक्ष- दिनेश लामा
उपाध्यक्ष- दावा शेर्पा
उपाध्यक्ष- किरण तिवारी
उपाध्यक्ष- मनोज अधिकारी
उपाध्यक्ष- बैकुण्ठ गौतम
सचिव- अनिल अधिकारी
सह-सचिव- नवराज लामिछाने
सह-सचिव- रन्जीत राना
सह-सचिव- चेली थापा
कोषाध्यक्ष- दीनानाथ गौतम
सह-कोषाध्यक्ष- बोम गुरुङ
सह-कोषाध्यक्ष- हिरामणी राई
सदस्य- पाशाङ फूटी लामा
सदस्य- प्रकाश लामा
सदस्य- रुम्बा कपेन्द्र
सदस्य- मालती तामाङ
सदस्य- रबीना न्यौपाने
सदस्य-राजन भट्टराइ
सदस्य- सुनीता खनाल
सदस्य- पुष्पा पूरी
सदस्य- सुष्मा विश्वकर्मा
सदस्य- राजेश भारती

नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा प्रवास समन्वय समितिका नेताले सम्बोधन गर्ने

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ ।
“प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगीमा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति सह इन्चार्ज लक्ष्मण पन्त नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा र नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा वाइसीयल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाको उपस्थितिमा सो कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
जापानमा क्रियाशील विभिन्न संघ सस्थाहरू मध्यमा आफ्नो छुट्टाई पहिचान कायम गरेको मञ्चले वार्षिक रूपमा गरेका गरिविधिको समिक्षा र आगामी वर्षका कार्यक्रमको व्यापक छलफल पछि योजना तर्जुमा गर्नका लागि वार्षिक साधारण सभाको आयोजना गरिन लागिएको महासचिव बाबुराम पौडेलले बताए ।
महासचिव पौडेलका अनुसार साधारण सभालाई नीतिगत रूपमा छलफलको फोरम बनाउने गरि काम भैरहेको यसका लागि मञ्चको विधान,कार्यविधि लगायतमा परिमार्जनका लागि मस्यौदा समिति बनाएर कार्य भैरहेको बताए ।
कार्यक्रममा नेपालदेखि आउने राजनैतिक तथा प्रवाससंग सम्बन्धित नेतृत्वको उपस्थितमा प्रवासी नेपालीहरूले प्रवासमा रहेर आर्जेको ज्ञान,सीप र पूँजीलाई नेपालको विकास र संवृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने विषय र प्रवासमा रहेका श्रमिकका लागि नेपालमा रहेका सरोकारवाला निकायको भूमिकालाई जवाफदेही बनाउने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिने मञ्चले जनाएको छ ।
मञ्चले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ़ र सुमधुर बनाउनका लागि देशको पूर्व प्रधानमन्त्री तथा उच्च राजनैतिक नेतृत्वको भ्रमण गराउने र प्रवासमा रहेका नेपाली समुदायको हक़हित, सुरक्षा र उनीहरूको अधिकारका बारेमा आफ्ना गतिविधिहरू केन्द्रित गरिरहेको मञ्चका कोषाध्यक्ष भुवन हुमागाईले बताए ।
उनका अनुसार जापानमा रहेका अप्ठ्यारो र समस्यामा परेका नेपालीहरूलाई सबैसंगको समन्वयमा मानवीय तथा आर्थिक सहयोगका लागि समेत अग्रस्थानमा रहेर काम गरिरहेको छ ।

मञ्चको आमन्त्रणमा गत सेप्टेम्बरमा जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा उठाएका जापानमा रहेका नेपालीलाई राहदानी लगायत दूतावासबाट प्रदान गरिने सेवालाई जनमुखी सहज र पहुँच योग्य गराइन गरेको आग्रह बमोजिम हाल दूतावासले घुम्ती सेवा संचालन गरेकोमा अध्यक्ष पन्तले खुशी व्यक्त गरे ।

मञ्चको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम 1-8 Honcho, Utsunomiya, Tochigi 320-0033 हुने बताइएको छ ।

हार्दिक बधाइ तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना
नेकपा(माओवादी केन्द्र) का श्रद्देय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र
नेपाल सरकारको ४४ औ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष तथा प्रवास इन्चार्ज नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनचाहना, जनमुखी र जनतालाई प्रत्यक्ष लाभ हुने जनजीविकाको पक्षमा कार्य गर्ने नै छ र प्रवासमा रहेका लाखौ नेपालीहरूलाई राहत मिल्ने योजना तय गरि कार्यान्वयन गर्ने छ भन्ने विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।