Archives December 2024

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा हेम्जा, पोखरामा निःशुल्क स्वास्थ्य शिविर, ३ सयभन्दा बढी लाभान्वित

पोखरा – नेपाली जनप्रगतिशील मञ्च जापानले कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा किरण गुरुङ मेडिकल र आरसी हेल्थ क्लिनिक प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धित विभिन्न रोगहरूको परीक्षण गरिएको थियो । सोही अवसरमा विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ । शिविरबाट विशेषगरी पोखरा-२५, हेम्जाका साथै छिमेकी गाउँपालिकाका गरि ३ सयभन्दा बढी नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको मञ्चले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता तथा वडा नम्बर २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले रोग लुकाउन नहुने बताए । ‘समय समयमा स्वास्थ्य परीक्षण नगर्दा जटिल दिर्घरोग लाग्न सक्छ,’ उनले भने, ‘शिविरले नियमित परीक्षण गराउनुपर्छ भन्ने जनचेतना फैलाएको छ । कार्यक्रम निकै महत्त्वपूर्ण र लाभदायी छ ।’

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा सदस्य कृष्णबहादुर कुँवर, समाजसेवी एवं तत्कालीन हेम्जा गाविसका पूर्व अध्यक्ष रामचन्द त्रिपाठी, गौरीशंकर मावि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, गौरीशंकर माविका प्रअ अम्बरबहादुर कुँवर, नेपाली कांग्रेस वडा नम्बर २५ हेम्जाका सभापति मधुसुदन त्रिपाठी, नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, नेकपा माओवादी केन्द्र हेम्जाका अध्यक्ष माधव अधिकारी, गौरीशंकर आमा समूह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवा क्लब, महिला सञ्जाल, आमा समूह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।स्वास्थ्य क्षेत्र तर्फबाट स्वास्थ्य महाशाखा पोखराका प्रमुख भरतराज पौडेल, डाक्टर प्रतिभा बत्स्याल, डा. रमेश रोका, डा. कृष्ण थापा, डा. सुजन बराल, डा. शर्मिला अधिकारी साथै ल्याब टेक्निसियन नाफिसा खातुन, सरिता सिञ्जाल, सिअनमि देवी अर्मजा थापा लगायतको उपस्थिति रहेको थियो ।

गोरीशंकर मावि हेम्जामा गौरीशंकर आमा समूहको सहजीकरणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेलले र स्वागत गौरीशंकर आमा समूहकी अध्यक्ष उमा भुर्तेल पौडेल र सञ्चालन आमा समूह उपाध्यक्ष लक्ष्मी आचार्य पौडेलले गरेकी थिइन् ।समुद्रपारि डट कमको सहयोगमा