Archives January 2023

हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली

जनप्रगतिशील मंच जापानको पुर्व महासचिब , नेकपा माओबादी केन्द्र प्रबास समन्वय समितिका सदस्य , एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सस्थापक डा भुपालमान श्रेष्ठका पुज्यनीय बुबा सामाजिक तथा राजनैतिक व्यक्तित्व भुवनप्रसाद श्रेष्ठको जनवरी १५ तारिकक दिन असामयिक निधनको खबरले सिङ्गो हाम्रो संगठनलाई स्तब्ध बनाएको छ ! यस शोकको घडीमा हाम्रो संगठन मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ ! शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्दै सम्पूर्ण परिवारजनमा पर्न गएको गहिरो चोटको यस दुखद घडीमा शोकलाई शक्तिमा बदल्न सकुन भनि कामना गर्दछौ !

पोखराको प्लेन दुर्घटना प्रति , जनप्रगतिशील मंच जापानद्वारा शोक वक्तब्य

शोक वक्तब्य

२०२३ जनवरी १५ तारिक अर्थात् २०७९ माघ १ गते नेपालीहरूको ‘पुसमा पाकेको माघमा खाने’ पर्वकै दिन दुर्घटना भएको जहाजमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी यती एयरलाइन्सको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको खबरले हामीसहित सिङ्गो मुलुक स्तब्ध भएको छ । उक्त दुर्घटना भएको विमानमा प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जुझारू पत्रकार त्रिभुवन पौडेल सहित हालसम्म भएका ६८ जना मृतकप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै मृतकको परिवारजन आफन्तहरूमा यस दुःखद घडी धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामनाका साथ गहिरो सामवेदना प्रकट गर्दछौ । बेपत्ता नागरिकको यथाशीघ्र खोजतलास गरि सम्बन्धित परिवारजनलाई वास्तविक सूचना उपलब्ध गराउनका र घटनाको बारेमा यथार्थपरक ढंगले अनुसन्धान गरि छानबीन गर्नको लागि समेत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ । दुर्घटनामा चिकित्सक कलाकार पत्रकारसहित देशले होनहार जनशक्ति गुमाउनु परेको छ । नेपालको जमिन र आकाशको यात्रासमेत सुरक्षित नरहेको यस्ता घटनाले पुष्टि गर्दै आइरहेको अन्तराष्ट्रिय स्तरमा समेत यस खालका दुर्घटनाले राम्रो छवि नबनाउने भएकोले सरकार र सरोकारवाला निकायले सुरक्षित यात्राको लागि दीर्घकालीन समस्या समाधानको लागि नीति निर्माण गरि व्यावहारिक रूपमा नै कार्यान्वयन गरोस भन्ने समेत माग गर्न चाहन्छौ ।

हार्दिक बधाई तथा शुभकामना

आज २०७९ पौष २६ गते मंगलबारको दिन नेपाल सरकारको ४४ औं प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमंत्रीको विश्वाशको मत लिनु भएको छ !
२७० जना सांसद मध्य २६८ जना (९८.२५%)ले विश्वासको मत दिएका थिए ! विश्वासको मत प्रदान गर्नुहुने माननीय सांसद ज्युहरुलाई हार्दिक धन्यवाद
तथा एतिहासिक विश्वास  मत प्राप्त गर्नु हुने सम्माननीय प्रधानमंत्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ !

निशुल्क रोजगार सम्बन्धी सेमिनार सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापान जापानमा रहेका नेपालीहरुको सुख दुखमा निरन्तर जोडीयर सामाजिक कार्यमा आफ¥नो सकृयता बढाएको छ । यसै बिच करिब ७०० नव प्रबेशी बिधार्थीलाइ यस संगठनले हेल्प डेक्स संचालन गरि काममा लगाउने कार्य गरेको छ । जापानमा अध्ययनरत बिधार्थीलाइ कलेज परिवर्त तथा नयाँ कलेज ज्वाइन हुनको लागी सहज होस भनेर यस संग जानकार हरुलाइ राखेर अनलाइन सेमीनार समेत सम्पन्न गरेको छ यसबाट पनि धेरै बिधार्थीहरुले प्रत्यक्ष लाभ लिएका थिए । यस संगै हेल्प डेस्कद्वारा आयोजित निशुल्क स्यूसोकू सेमिनार पनि सम्पन्न भएको छ ।
परदेशमा बिद्यार्थीहरुको लागि सहयोग होस भन्ने मनसायले आयोजना गरेको सेमिनारमा १५ वटा जापानीज कम्पनिहरु ले सहभागीता जनाएका थिए भने १०० जना भन्दा माथिका नेपाली बिद्यार्थीहरु प्रत्यक्ष सहभागी भई लाभ लिएका थिए ।
यस कार्यक्रम हेल्प डेस्क र कान्तो क्षेत्रीय समितिको आयोजनामा भएको थियो भने कार्यक्रमको सयोजक राज पुरीले गरेका थिए ।