Archives 2023

नेपाली जनप्रगतिशील मञ्च जापान, ओकीनावा क्षेत्रीय कमिटीको अध्यक्षमा: ज्ञान कुमार श्रेष्ठ

२०२३/१२/१० गते आइतबार सम्पन्न ओकीनावाको एतिहासिक दोस्रो अधिवेशनबाट सर्बसम्मत गठित कार्यसमितिका उपाध्यक्षहरुमा बिश्वनाथ यादब र सागर पौडेल रहेका छन् भने नयाँ निर्वाचित कार्यसमितिले ठप १ जना मनोनीत गर्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।सचिवमा प्रबीन श्रेष्ठ सहसचिवमा अनिल पौडेल रहेका छन् ।यसैगरी कोषाध्यक्षमा देवराज कंडेल र सहकोषाध्यक्षमा ईश्वरी बि.क चयन भएका छन् । यसैगरी सदस्यहरुमा राज कुमार बुढा सिमाना बुढा,अनिल कार्की,समीक्षा वली,प्रकाश छेत्री,राज कुमार बस्नेत चयन भएका छन् भने आवश्यकता अनुसार सदस्यहरु पछि थप्न सक्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।
ओकीनावाका अध्यक्ष गोबिन्द प्र.पौडेलको सभापतित्व र नेपाली जनप्रगतिशील मञ्च जापानका सल्लाहाकार समितिका सदस्य तथा मञ्चका निबर्तमान सचिव शालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशन समारोहमा ज्ञान कुमार श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो ।अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्चका उपमाहासचिव तथा ओकिनावा ईन्चार्ज दावा लामा ,मञ्चका केन्द्रीय सदस्य तथा NRNA ओकीनावाका उपसंयोजक मंगल सुनुवार NRNA ओकीनावाका निबर्तमान संयोजक प्रीतम गर्रबुजा, तामांग समाज ओकीनावा तथा NRNA ओकीनावाका सह-कोषाध्यक्ष साम्सा तामांग सामजसेबी द्वोय सागर पौडेल र भोला ढुंगाना तथा प्रमुख अतिथि शालिकराम भण्डारी लगायतका ब्यक्तिहरुको मन्तब्य रहेको थियो । बोल्ने वक्ताले नेपाली जनप्रगतिशील मञ्च जापानको संगठन निर्माणमा ओकिनावाले महत्वपूर्ण भूमिका खेलेको धारणा ब्यक्त गर्नु भयो।अन्य सस्थाका प्रतिनिधिहरुले ओकिनावा बासी नेपालीहरूको दुःख सुखको सारथी बनेर हामी सबै मिलेर अगाड़ी बड़नूको विकल्प नरहेको बताउनू भयो।
कार्यक्रमको अन्तमा सभाध्यक्ष अनीष पौडेल ले कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै मौजुदा कार्यसमिति भंग गरी ३ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेका थिए । मञ्चका उपमहासचिव तथा ओकिनावा इंचार्ज समेत रहेका अध्यक्ष मण्डलका संयोजक दावा लामाले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै प्रमुख अतिथि शालिकराम भण्डारीले निर्बाचित नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए भने निबर्तमान अध्यक्ष अनीष पौडेलले नवगठित कार्यसमितिलाई बधाई दिएका थिए । अधिवेशन समारोहमा सचिव बिश्वानाथ यादबले सञ्चालन गर्नुभएको थियो । अधिवेशन समारोहको प्रारम्भमा विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने महान सहिदहरु प्रति १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा नेपालको रास्टीय गान बजाएर समुदधाटन गरीएको थियो।

जनप्रगतिशील मन्च जापानको केन्द्रिय महाधिवेशन जनवरी २८ टोकियोमा हुदै……

डिसेम्बर, ११ -टाेकीयाे । नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान केन्द्रिय कमिटीकाे दास्राे महाधिवेशन आउदाे महिनाकाे जनवरी २८ तारिकका दिन जापानको राजधानी टोकियोमा हुने भएकाे छ । आईतबार बसेकाे केन्द्रिय कमिटीकाे बैठकबाट अधिवेशनकाे मिति तय गरिएकाे हाे ।मञ्चकाे अधिवेशन भब्य र सभ्य बनाउनका लागि विभिन्न बिभाग गठन गरि जिम्मेवारी समेत दिईएकाे छ । नेपालबाट प्रबास कमिटीमा रहनु भएका नेताहरुलाई अतिथिको लागि निमन्त्रणा सँगै महाधिवेशन सम्पन्न गर्नका लागि मञ्चले आफ्नाे सबै क्षेत्रमा रहेका क्षेत्रीय कमिटीका पदाधिकारी कमरेडहरूलाई जुझारूक रूपमा लाग्न समेत निर्देशन सँगै अपिल गरेकाे छ ।

जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय अधिबेशन सम्पन्न , अध्यक्षमा सुनिल देबकोटा

नेपाली जनप्रगतिशिल मञ्च जापान, कान्तो क्षेत्रिय समितिको सातौं क्षेत्रीय अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । २०२३ नोभेम्बर ५ तारिक सम्पन्न अधिबेशनबाट सुनिल देबकोटाको कान्तो क्षेत्रीय समितीको गठन गरेको छ । अधिबेशनको प्रमुख अथिति डा भुपालमान श्रेष्ठले गर्नु भएको थियो ! सातौँ अधिबेशनबाट सुनिल देबकोटाको अध्यक्षमा देहाय बमोजिमको समिती रहेको छ ।

नव निर्वाचित कार्यसमितीः (२०२३ २०२५)कार्यकाल
अध्यक्ष -:क.सुनिल देवकोटा
उपाध्यक्षहरुः-
क.हरि चन्द्र वास्तोला
क. विनोद ढकाल
क. श्रीराम रीजाल
सचिव -: क.सन्दिप सुनार
सह-सचिवहरुः -ः
क.विजय खत्रि
क.शिखर चौंलागाई
क.विष्णु कु.आङदावे
कोषाध्यक्ष -ः क.रविन्द्र पाण्डे
सह-कोषाध्यक्षहरुः-:क.सुस्मा लामिछाने
सदस्यहरुः
क.महाशर्मा भण्डारी
क.थमन वहादुर रायमाझी(अनिश)
क.माओदीप राई
क.खगेन्द्र ढकाल
क.पर्वत जम्कट्टेल
क.कृति खनाल
क.किरण के.सी

नवनिर्वाचित कार्य समितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । कान्तो क्षेत्रीय समिती आगामी दिनमा आफ्नो क्षेत्रमा सामाजिक कार्यमा अग्रस्थानमा रहि काम गर्ने छ भन्नमो सिंगो नेपाली जनप्रगतिशील मञ्च परिवार बिश्वस्थ रहेको छ ।
शुभकामना ।

-नेपाली जनप्रगतिशील मञ्च जापान परिवार

जनप्रगतिशील मञ्च जापान च्युबु-मिए को क्षेत्रीय अधिबेशन सम्पन्न , अध्यक्षमा रंजित गौतम

प्रवाशी नेपालीहरुको लोकप्रीय संगठन नेपाली जनप्रगतिशील मञ्चजापानले क्षेत्रीय समितिको अधिबेशनहरु सम्पन्न गर्ने क्रममा गत आइतवार नागोयाको च्युबू-मिए क्षेत्रीय समितिको ५ औ अधिबेशन सम्पन्न गरेको छ । प्रवास समन्वय समिति सदस्य डा. भुपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन सत्रमा बिशेष अतिथिहरु एन आर एन आई सीसी उपाध्यक्ष रोबिन्द श्रेष्ठ गोबिन्द , जनप्रगतिशील मञ्च जापानका कार्यबाहक अध्यक्ष मोहन पौडेल , इन्चार्ज रामहरी पुडासैनी, मञ्चका सल्लाहकार शालिकराम भण्डारी , उपाध्यक्ष श्यामहरी पाण्डे लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो । बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै प्रवासी एकता मञ्च नागोयाका अध्यक्ष नरेश राई , आदिवासी जनजाति महासंघ की प्रमिला राई ले मञ्चको अधिबेशन सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो। मञ्चको केन्द्रीय लेखा, अनुगमन तथा अनुशासन आयोगका सदस्य सन्देश पोखरेल संयोजक र क्षेत्रीय सल्लाहकार द्वय काशीराम आचार्य , गंगाघर्ती मगर सदस्य रहेको निर्वाचन मण्डल ले २ सदस्य पछि मनोनीत गर्ने गरी रन्जित गौतम को अध्यक्षतामा २७ सदस्य नया कार्यसमिति निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो। अधिबेशन आयोजक समितिका संयोजक हरिदोङ तामङको सभापतित्वमा सम्पन्न अधिबेशनको संचालन रन्जित गौतम ले गरेका थिए ।

क्षेत्रीय समितिको नवनिर्वाचित कार्यसमिति नामावली यसप्रकार रहेको छ – अध्यक्ष- रन्जित गौतम उपाध्यक्ष- दिनेश लामा उपाध्यक्ष- दावा शेर्पा उपाध्यक्ष- किरण तिवारी उपाध्यक्ष- मनोज अधिकारी उपाध्यक्ष- बैकुण्ठ गौतम सचिव- अनिल अधिकारी सह-सचिव- नवराज लामिछाने सह-सचिव- रन्जीत राना सह-सचिव- चेली थापा कोषाध्यक्ष- दीनानाथ गौतम सह-कोषाध्यक्ष- बोम गुरुङ सह-कोषाध्यक्ष- हिरामणी राई सदस्य- पाशाङ फूटी लामा सदस्य- प्रकाश लामा सदस्य- रुम्बा कपेन्द्र सदस्य- मालती तामाङ सदस्य- रबीना न्यौपाने सदस्य-राजन भट्टराइ सदस्य- सुनीता खनाल सदस्य- पुष्पा पूरी सदस्य- सुष्मा विश्वकर्मा सदस्य- राजेश भारती ।

नेपाली जनप्रगतिशिल मञ्च जापान,च्युबु, मिए क्षेत्रिय समिति (नागोया) को नवनिर्वाचित कार्यसमिती लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ – नेपाली जनप्रगतिशील मञ्च जापान परिवार
अध्यक्ष- रन्जित गौतम
उपाध्यक्ष- दिनेश लामा
उपाध्यक्ष- दावा शेर्पा
उपाध्यक्ष- किरण तिवारी
उपाध्यक्ष- मनोज अधिकारी
उपाध्यक्ष- बैकुण्ठ गौतम
सचिव- अनिल अधिकारी
सह-सचिव- नवराज लामिछाने
सह-सचिव- रन्जीत राना
सह-सचिव- चेली थापा
कोषाध्यक्ष- दीनानाथ गौतम
सह-कोषाध्यक्ष- बोम गुरुङ
सह-कोषाध्यक्ष- हिरामणी राई
सदस्य- पाशाङ फूटी लामा
सदस्य- प्रकाश लामा
सदस्य- रुम्बा कपेन्द्र
सदस्य- मालती तामाङ
सदस्य- रबीना न्यौपाने
सदस्य-राजन भट्टराइ
सदस्य- सुनीता खनाल
सदस्य- पुष्पा पूरी
सदस्य- सुष्मा विश्वकर्मा
सदस्य- राजेश भारती

गुन्बा(तोचिगी) क्षेत्रिय समितिको पाचौं क्षेत्रीय अधिबेशन सम्पन्न, अध्यक्षमा किराती

नेपाली जनप्रगतिशिल मञ्च जापान, गुम्मा(तोचिगी क्षेत्रिय समितिको तेस्रो क्षेत्रीय अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । २०२३ अक्टोबर १ तारिक सम्पन्न अधिबेशनबाट बिमन किराँतीको अध्यक्षतामा २५ सदस्यीय गुन्बा तोचिगी क्षेत्रीय समितीको गठन गरेको छ । अधिबेशनमा बागमती प्रदेश सभा सदस्य तथा पुर्व प्रदेश मन्त्रि रत्न ढकाल प्रमुख अतिथि, चौरीदेउराली गाउँपालिका अध्यक्ष्य रेनुका चौलागाईं बिषेश अतिथी रहनु भएको थियो ।
अधिबेशन बाट बिमन किराँतीको अध्यक्षमा देहाय बमोजिमको समिती रहेको छ ।समितीको सल्लाहकार समिति संयोजक कुलमान लामा रहने गरि सल्लाहकार समिति समेत गठन गरिएको छ ।
नव निर्वाचित कार्यसमितीः (२०२३ २०२५)कार्यकाल

अध्यक्षःविमन किराति
उपाध्यक्षहरुः
~संकल्प थिंङ तामाङ
~अभिशेक रायमाझी
~श्रीथर पन्थी
~रवि न्यौपाने
सचिबःसुजन आन्वोलिम्वु
सह_सचिव
~ कर्ण राना
~कमल न्यौपाने
कोषाध्यक्षः
~राम लाल तामाङ
सदस्यहरुः
~पासाङ बम्जङ
~सबिन कुमार थापा
~रन्जिता दोङ
~निसा बोम्जन
~राजेस गिरी
~राज कुमार गिरी
~सुविन तामाङ
~छिरिङगमा शेर्पा
~बिष्णु घिमिरे
~भिम ब.सावद
~रुद्र ब.रावत
~नवराज घिमिरे
~पवन बोहोरा
~विष्णु थापा
~सागर ढकाल
~श्शल राई

नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । गुन्वा तोचिगी क्षेत्रीय समिती आगामी दिनमा आफ्नो क्षेत्रमा सामाजिक कार्यमा अग्रस्थानमा रहि काम गर्ने छ भन्नमो सिंगो नेपाली जनप्रगतिशील मञ्च परिवार बिश्वस्थ रहेको छ ।
शुभकामना ।

-नेपाली जनप्रगतिशील मञ्च जापान परिवार

क्युस्यु क्षेत्रिय समितिको पाचौं क्षेत्रीय अधिबेशन सम्पन्न, अध्यक्षमा ढकाल

नेपाली जनप्रगतिशिल मञ्च जापान, क्यूसु क्षेत्रिय समितिको पाचौ क्षेत्रीय अधिवेशन भव्यताको साथ सम्पन्न भएको छ । २०२३ अक्टोबर १ तारिक सम्पन्न अधिबेशनबाट मुक्तिनाथ ढकालको अध्यक्षतामा २५ सदस्यीय क्यूसु क्षेत्रीय समितीको गठन गरेको छ । अधिबेशनमा बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रि युवराज दुलाल प्रमुख आतिथ्यता तथा महाभारत गांउपालीका अध्यक्ष कान्छालाल जिम्बा बिषेश अतिथी रहनु भएको थियो ।
अधिबेशन बाट मुक्तीनाथ ढकालको अध्यक्षतामा देहाय बमोजिमको समिती रहेको छ ।
नव निर्वाचित कार्यसमितीः ९२०२३ २०२५०कार्यकाल

अध्यक्ष: मुक्तिनाथ ढकाल
उपाध्यक्ष:-रोशन भट्टराई,
:-कमल बुढा
:-विमल सापकोटा
सचिव. :- देवेन्द्र पुन मगर
सह -सचिव :-दिपक कुमार शाही
:-राम बोहरा
कोषाध्यक्ष :-रविन विष्ट
सह-कोषाध्यक्ष :-इन्दु सुनार
सदस्यहरु:-निराजन बुढा मगर
:-अर्जुन खत्री
:-सुमन अधिकारी
:-रमेश रावत
:-रोहित शर्मा
:-रोहन थापा
:-नरेश गुरुङ
:-दिपक भट्ट
:-गौरी लामा
:-राजेन्द्र देवकोटा
:-नवराज पुनमगर
:-कृष्ण राज भट्टराई
:- उमि बुमि
:-जानुका कार्को
:-अलिसा मगर

नव निर्वाचित कार्य समितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछौ । गुन्वा तोचिगी क्षेत्रीय समिती आगामी दिनमा आफ्नो क्षेत्रमा सामाजिक कार्यमा अग्रस्थानमा रहि काम गर्ने छ भन्नमो सिंगो नेपाली जनप्रगतिशील मञ्च परिवार बिश्वस्थ रहेको छ ।
शुभकामना ।

-नेपाली जनप्रगतिशील मञ्च जापान परिवार

नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारण सभा कार्यक्रम जापानको तोचिगी प्रान्तमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा वाई सी एल इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा) को प्रमुख आतिथ्यता प्रवाश समन्वय समितीका सदस्य कमरेड भुपालमान श्रेष्ठ तथा अरुणकुमार श्रेष्ठको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको ।
कार्यक्रम अध्यक्षता मञ्चका अध्यक्ष भवानी पन्त ले गर्नुभएको थियो । अतिथीहरुमा संगठनका इन्चार्ज रामहरी पुडाशैनी, सल्लाहकार संयोजक हवलचन्द्र लामा, लेखा तथा अनुसासन आयोग संयोजक कालिका थापा, सल्लाहकार तिलक मल्ल, शालिकराम भण्डारी, नर ब. थापा, टंक गैरे साथमा शहिद परिवार अर्जुन ढकाल लगायत हुनुहुन्थो । कार्यक्रममा क्षेत्रिय कमिटिका प्रतिनिधि , केद्रीय कमिटी , सल्लाकार तथा समर्थकहरुको राम्रो उपस्थिति थियो ।

कार्यक्रमले संगठनको सांगठनिक प्रतिबेदन, बिधान संसोधन , आर्थिक प्रतिबेदन, आगामी कार्ययोजना एक मतले पारित गरेको थियो । साथमा महत्वपूर्ण बिषयमा छलफल समेत भएको थियो । कार्यक्रममा अथितिहरुले संगठन शुभकामना तथा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी कमरेड दिपशिखाले पार्टिको पछिल्लो अबस्था, प्रवासी संगठनको भुमिका लगाएतका बिषयमा प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

सोहि कार्यक्रममा चुनाब अभियानलाइ गित बनाई सहयोग गर्नुहुने दिलिप कडेललाइ प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको संयोजक मञ्चका केन्द्रीय कोषाध्यक्ष कमरेड भुवन हुमागाइ तथा ब्यबस्थापन गुन्बा तोचिगी क्षेत्रीय समितीले गरेको थियो ।

नेपाली जनप्रगतिशील मन्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा प्रवास समन्वय समितिका नेताले सम्बोधन गर्ने

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ ।
“प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगीमा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति सह इन्चार्ज लक्ष्मण पन्त नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा र नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा वाइसीयल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाको उपस्थितिमा सो कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
जापानमा क्रियाशील विभिन्न संघ सस्थाहरू मध्यमा आफ्नो छुट्टाई पहिचान कायम गरेको मञ्चले वार्षिक रूपमा गरेका गरिविधिको समिक्षा र आगामी वर्षका कार्यक्रमको व्यापक छलफल पछि योजना तर्जुमा गर्नका लागि वार्षिक साधारण सभाको आयोजना गरिन लागिएको महासचिव बाबुराम पौडेलले बताए ।
महासचिव पौडेलका अनुसार साधारण सभालाई नीतिगत रूपमा छलफलको फोरम बनाउने गरि काम भैरहेको यसका लागि मञ्चको विधान,कार्यविधि लगायतमा परिमार्जनका लागि मस्यौदा समिति बनाएर कार्य भैरहेको बताए ।
कार्यक्रममा नेपालदेखि आउने राजनैतिक तथा प्रवाससंग सम्बन्धित नेतृत्वको उपस्थितमा प्रवासी नेपालीहरूले प्रवासमा रहेर आर्जेको ज्ञान,सीप र पूँजीलाई नेपालको विकास र संवृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने विषय र प्रवासमा रहेका श्रमिकका लागि नेपालमा रहेका सरोकारवाला निकायको भूमिकालाई जवाफदेही बनाउने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिने मञ्चले जनाएको छ ।
मञ्चले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ़ र सुमधुर बनाउनका लागि देशको पूर्व प्रधानमन्त्री तथा उच्च राजनैतिक नेतृत्वको भ्रमण गराउने र प्रवासमा रहेका नेपाली समुदायको हक़हित, सुरक्षा र उनीहरूको अधिकारका बारेमा आफ्ना गतिविधिहरू केन्द्रित गरिरहेको मञ्चका कोषाध्यक्ष भुवन हुमागाईले बताए ।
उनका अनुसार जापानमा रहेका अप्ठ्यारो र समस्यामा परेका नेपालीहरूलाई सबैसंगको समन्वयमा मानवीय तथा आर्थिक सहयोगका लागि समेत अग्रस्थानमा रहेर काम गरिरहेको छ ।

मञ्चको आमन्त्रणमा गत सेप्टेम्बरमा जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा उठाएका जापानमा रहेका नेपालीलाई राहदानी लगायत दूतावासबाट प्रदान गरिने सेवालाई जनमुखी सहज र पहुँच योग्य गराइन गरेको आग्रह बमोजिम हाल दूतावासले घुम्ती सेवा संचालन गरेकोमा अध्यक्ष पन्तले खुशी व्यक्त गरे ।

मञ्चको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम 1-8 Honcho, Utsunomiya, Tochigi 320-0033 हुने बताइएको छ ।

हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली

जनप्रगतिशील मंच जापानको पुर्व महासचिब , नेकपा माओबादी केन्द्र प्रबास समन्वय समितिका सदस्य , एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सस्थापक डा भुपालमान श्रेष्ठका पुज्यनीय बुबा सामाजिक तथा राजनैतिक व्यक्तित्व भुवनप्रसाद श्रेष्ठको जनवरी १५ तारिकक दिन असामयिक निधनको खबरले सिङ्गो हाम्रो संगठनलाई स्तब्ध बनाएको छ ! यस शोकको घडीमा हाम्रो संगठन मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ ! शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्दै सम्पूर्ण परिवारजनमा पर्न गएको गहिरो चोटको यस दुखद घडीमा शोकलाई शक्तिमा बदल्न सकुन भनि कामना गर्दछौ !

पोखराको प्लेन दुर्घटना प्रति , जनप्रगतिशील मंच जापानद्वारा शोक वक्तब्य

शोक वक्तब्य

२०२३ जनवरी १५ तारिक अर्थात् २०७९ माघ १ गते नेपालीहरूको ‘पुसमा पाकेको माघमा खाने’ पर्वकै दिन दुर्घटना भएको जहाजमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी यती एयरलाइन्सको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको खबरले हामीसहित सिङ्गो मुलुक स्तब्ध भएको छ । उक्त दुर्घटना भएको विमानमा प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जुझारू पत्रकार त्रिभुवन पौडेल सहित हालसम्म भएका ६८ जना मृतकप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै मृतकको परिवारजन आफन्तहरूमा यस दुःखद घडी धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामनाका साथ गहिरो सामवेदना प्रकट गर्दछौ । बेपत्ता नागरिकको यथाशीघ्र खोजतलास गरि सम्बन्धित परिवारजनलाई वास्तविक सूचना उपलब्ध गराउनका र घटनाको बारेमा यथार्थपरक ढंगले अनुसन्धान गरि छानबीन गर्नको लागि समेत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ । दुर्घटनामा चिकित्सक कलाकार पत्रकारसहित देशले होनहार जनशक्ति गुमाउनु परेको छ । नेपालको जमिन र आकाशको यात्रासमेत सुरक्षित नरहेको यस्ता घटनाले पुष्टि गर्दै आइरहेको अन्तराष्ट्रिय स्तरमा समेत यस खालका दुर्घटनाले राम्रो छवि नबनाउने भएकोले सरकार र सरोकारवाला निकायले सुरक्षित यात्राको लागि दीर्घकालीन समस्या समाधानको लागि नीति निर्माण गरि व्यावहारिक रूपमा नै कार्यान्वयन गरोस भन्ने समेत माग गर्न चाहन्छौ ।