Archives December 2023

नेपाली जनप्रगतिशील मञ्च जापान, ओकीनावा क्षेत्रीय कमिटीको अध्यक्षमा: ज्ञान कुमार श्रेष्ठ

२०२३/१२/१० गते आइतबार सम्पन्न ओकीनावाको एतिहासिक दोस्रो अधिवेशनबाट सर्बसम्मत गठित कार्यसमितिका उपाध्यक्षहरुमा बिश्वनाथ यादब र सागर पौडेल रहेका छन् भने नयाँ निर्वाचित कार्यसमितिले ठप १ जना मनोनीत गर्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।सचिवमा प्रबीन श्रेष्ठ सहसचिवमा अनिल पौडेल रहेका छन् ।यसैगरी कोषाध्यक्षमा देवराज कंडेल र सहकोषाध्यक्षमा ईश्वरी बि.क चयन भएका छन् । यसैगरी सदस्यहरुमा राज कुमार बुढा सिमाना बुढा,अनिल कार्की,समीक्षा वली,प्रकाश छेत्री,राज कुमार बस्नेत चयन भएका छन् भने आवश्यकता अनुसार सदस्यहरु पछि थप्न सक्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।
ओकीनावाका अध्यक्ष गोबिन्द प्र.पौडेलको सभापतित्व र नेपाली जनप्रगतिशील मञ्च जापानका सल्लाहाकार समितिका सदस्य तथा मञ्चका निबर्तमान सचिव शालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशन समारोहमा ज्ञान कुमार श्रेष्ठको स्वागत मन्तब्य रहेको थियो ।अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्चका उपमाहासचिव तथा ओकिनावा ईन्चार्ज दावा लामा ,मञ्चका केन्द्रीय सदस्य तथा NRNA ओकीनावाका उपसंयोजक मंगल सुनुवार NRNA ओकीनावाका निबर्तमान संयोजक प्रीतम गर्रबुजा, तामांग समाज ओकीनावा तथा NRNA ओकीनावाका सह-कोषाध्यक्ष साम्सा तामांग सामजसेबी द्वोय सागर पौडेल र भोला ढुंगाना तथा प्रमुख अतिथि शालिकराम भण्डारी लगायतका ब्यक्तिहरुको मन्तब्य रहेको थियो । बोल्ने वक्ताले नेपाली जनप्रगतिशील मञ्च जापानको संगठन निर्माणमा ओकिनावाले महत्वपूर्ण भूमिका खेलेको धारणा ब्यक्त गर्नु भयो।अन्य सस्थाका प्रतिनिधिहरुले ओकिनावा बासी नेपालीहरूको दुःख सुखको सारथी बनेर हामी सबै मिलेर अगाड़ी बड़नूको विकल्प नरहेको बताउनू भयो।
कार्यक्रमको अन्तमा सभाध्यक्ष अनीष पौडेल ले कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै मौजुदा कार्यसमिति भंग गरी ३ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेका थिए । मञ्चका उपमहासचिव तथा ओकिनावा इंचार्ज समेत रहेका अध्यक्ष मण्डलका संयोजक दावा लामाले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै प्रमुख अतिथि शालिकराम भण्डारीले निर्बाचित नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए भने निबर्तमान अध्यक्ष अनीष पौडेलले नवगठित कार्यसमितिलाई बधाई दिएका थिए । अधिवेशन समारोहमा सचिव बिश्वानाथ यादबले सञ्चालन गर्नुभएको थियो । अधिवेशन समारोहको प्रारम्भमा विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने महान सहिदहरु प्रति १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा नेपालको रास्टीय गान बजाएर समुदधाटन गरीएको थियो।

जनप्रगतिशील मन्च जापानको केन्द्रिय महाधिवेशन जनवरी २८ टोकियोमा हुदै……

डिसेम्बर, ११ -टाेकीयाे । नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र) निकट प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च जापान केन्द्रिय कमिटीकाे दास्राे महाधिवेशन आउदाे महिनाकाे जनवरी २८ तारिकका दिन जापानको राजधानी टोकियोमा हुने भएकाे छ । आईतबार बसेकाे केन्द्रिय कमिटीकाे बैठकबाट अधिवेशनकाे मिति तय गरिएकाे हाे ।मञ्चकाे अधिवेशन भब्य र सभ्य बनाउनका लागि विभिन्न बिभाग गठन गरि जिम्मेवारी समेत दिईएकाे छ । नेपालबाट प्रबास कमिटीमा रहनु भएका नेताहरुलाई अतिथिको लागि निमन्त्रणा सँगै महाधिवेशन सम्पन्न गर्नका लागि मञ्चले आफ्नाे सबै क्षेत्रमा रहेका क्षेत्रीय कमिटीका पदाधिकारी कमरेडहरूलाई जुझारूक रूपमा लाग्न समेत निर्देशन सँगै अपिल गरेकाे छ ।