शोक वक्तब्य

२०२३ जनवरी १५ तारिक अर्थात् २०७९ माघ १ गते नेपालीहरूको ‘पुसमा पाकेको माघमा खाने’ पर्वकै दिन दुर्घटना भएको जहाजमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार काठमाडौंबाट पोखराका लागि उडेको ९ एन एसीएनसी यती एयरलाइन्सको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको खबरले हामीसहित सिङ्गो मुलुक स्तब्ध भएको छ । उक्त दुर्घटना भएको विमानमा प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जुझारू पत्रकार त्रिभुवन पौडेल सहित हालसम्म भएका ६८ जना मृतकप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै मृतकको परिवारजन आफन्तहरूमा यस दुःखद घडी धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामनाका साथ गहिरो सामवेदना प्रकट गर्दछौ । बेपत्ता नागरिकको यथाशीघ्र खोजतलास गरि सम्बन्धित परिवारजनलाई वास्तविक सूचना उपलब्ध गराउनका र घटनाको बारेमा यथार्थपरक ढंगले अनुसन्धान गरि छानबीन गर्नको लागि समेत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौ । दुर्घटनामा चिकित्सक कलाकार पत्रकारसहित देशले होनहार जनशक्ति गुमाउनु परेको छ । नेपालको जमिन र आकाशको यात्रासमेत सुरक्षित नरहेको यस्ता घटनाले पुष्टि गर्दै आइरहेको अन्तराष्ट्रिय स्तरमा समेत यस खालका दुर्घटनाले राम्रो छवि नबनाउने भएकोले सरकार र सरोकारवाला निकायले सुरक्षित यात्राको लागि दीर्घकालीन समस्या समाधानको लागि नीति निर्माण गरि व्यावहारिक रूपमा नै कार्यान्वयन गरोस भन्ने समेत माग गर्न चाहन्छौ ।

Facebook Comments