नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारण सभा कार्यक्रम जापानको तोचिगी प्रान्तमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा वाई सी एल इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा) को प्रमुख आतिथ्यता प्रवाश समन्वय समितीका सदस्य कमरेड भुपालमान श्रेष्ठ तथा अरुणकुमार श्रेष्ठको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको ।
कार्यक्रम अध्यक्षता मञ्चका अध्यक्ष भवानी पन्त ले गर्नुभएको थियो । अतिथीहरुमा संगठनका इन्चार्ज रामहरी पुडाशैनी, सल्लाहकार संयोजक हवलचन्द्र लामा, लेखा तथा अनुसासन आयोग संयोजक कालिका थापा, सल्लाहकार तिलक मल्ल, शालिकराम भण्डारी, नर ब. थापा, टंक गैरे साथमा शहिद परिवार अर्जुन ढकाल लगायत हुनुहुन्थो । कार्यक्रममा क्षेत्रिय कमिटिका प्रतिनिधि , केद्रीय कमिटी , सल्लाकार तथा समर्थकहरुको राम्रो उपस्थिति थियो ।

कार्यक्रमले संगठनको सांगठनिक प्रतिबेदन, बिधान संसोधन , आर्थिक प्रतिबेदन, आगामी कार्ययोजना एक मतले पारित गरेको थियो । साथमा महत्वपूर्ण बिषयमा छलफल समेत भएको थियो । कार्यक्रममा अथितिहरुले संगठन शुभकामना तथा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी कमरेड दिपशिखाले पार्टिको पछिल्लो अबस्था, प्रवासी संगठनको भुमिका लगाएतका बिषयमा प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

सोहि कार्यक्रममा चुनाब अभियानलाइ गित बनाई सहयोग गर्नुहुने दिलिप कडेललाइ प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको संयोजक मञ्चका केन्द्रीय कोषाध्यक्ष कमरेड भुवन हुमागाइ तथा ब्यबस्थापन गुन्बा तोचिगी क्षेत्रीय समितीले गरेको थियो ।

Facebook Comments